सभापोखरी र सभाखोलो

sabhapokhari

महर्षि वेदव्यासले अठार पुराणहरुको रचना गर्ने सोच आएपछि त्यसका लागि तयारी गर्न थाले। टाइपराइटर, कम्प्युटर केही पनि नभएको र लेख्नका लागि केवल बाँसको कलम मात्रै भएको त्यो जमानामा १८/१८ वटा त्यस्ता भीमकाय ग्रन्थहरु तयार गर्ने परियोजना लर्तरो थिएन। आफैले सोच्दै लेख्दै गर्दा धेरै समय लाग्ने र खासै प्रभावकारी पनि नहुने भएकोले उनलाई एकजना छिटो हात चल्ने खालको लेखनदास चाहियो त्यसका लागि उनले गणेशजीलाई राखे । गणेशजीको हात यति चाँडो चल्थ्यो कि वेदव्यासले भनेका कुरा उनका मुखबाट फुत्कनासाथ कागजमा उतारिसक्थे । लेख्ने मान्छेको त टुङ्गो लाग्यो तर वेदव्यासलाई ठाउँको समस्या भयो । कुनै किसिमको हल्लाखल्ला नहुने, सुरम्य र स्वस्थकर हावापानी भएको अनि कसैले काममा बाधा व्यवधान नगर्ने ठाउँको खोजीमा उनी लागे। खोज्दै जाँदा लुम्बासुम्बा हिमालको हिउँ पग्लिएर झर्ने पानीको मुहान भएको ठाउँ उनले उपयुक्त ठहराएर त्यहाँ बसेर लेख्नका लागि ढुङ्गाको व्यासासन बनाए अनि काम गरिरहेका बेला अरु कसैले आएर काम नविथोलिदियोस् भन्नका लागि व्यास वरिपरि पानी जमाएर पोखरी बनाए। त्यसपछि वेदव्यासले भन्ने र गणेशजीले लेख्ने क्रम शुरु भयो । केही वर्षमा अठार पुराण सिर्जना भयो। अठार सिर्जना मिसकेपछि ती ग्रन्थहरुमा समीक्षा गराउनका लागि वेदव्यासले देवता, यक्ष, गन्धर्व किन्नर, नाग, अप्सरा लगायतलाई बोलाएर त्यही ठाउँमा महापुराण सहित एउटा देवसभाको आयोजना गरे। वेदव्यासले देवसभा आयोजना गरेको त्यस पोखरीको नाम सभापोखरी भयो। पोखरीमा कुनै फोहर कसिंगर वा पातपतिंगर परेको खण्डमा चुच्चाले टिपेर फ्याँक्ने कामको जिम्मेवारी वेदव्यासले दुईवटा चरालाई दिएका थिए ती चराहरु पोखरीमा पानी झर्ने ठाउँको पहरामा ढुङ्गाको रुपमा बसिरहेका छन् । सभापोखरीको निकासको पानी बने खोलाको नाम सभाखोला भयो ।

Travel Guides

Khandbari municipality is a municipality located in the Sankhuwasabha District of Province No. 1 in eastern Nepal. It is the administrative center of the Sankhuwasabha District and is situated at an elevation of 1,045 meters above sea level. Khandbari is located approximately 600 kilometers east of Kathmandu, the capital city of Nepal.

Find more on our Guide Book
Bhaktapur guide book

Location Map

खाँदबारीमा मनाइने चाडपर्व सुची

खाँदबारी नगरपालिकामा मनाइने राम्रा चाडपर्वहरु सूचीकरण ।