खाँदबारीको नाम तीनवटा शब्द “खुँडाबारी,” “खाँडपोखरी,” र किराँत भाषाको “खावारी” बाट अपभ्रंश हुँदै कालान्तरमा खाँदबारी बनेको हो भन्ने भनाइ छ। यसैगरी, पौराणिक किंवदन्तीअनुसार, हालको खाँदबारी बजारमा पहिले एक ठूलो पोखरी थियो, जुन जनसंख्याको विस्तारसँगै पुरिएको छ।
वि.सं. २०५३ माघ १८ गते, खाँदबारीलाई तत्कालीन मनकामना, पाडमा, र माल्टा गाउँ विकास समितिहरूलाई मिलाएर नगरपालिकाको रूपमा घोषणा गरिएको थियो।
भौगोलिक अवस्थिति
खाँदवारी नगरपालिका समुद्री सतह देखि करीव २७८ मिटर (अरुण नदी तथा सभाखोला दोभान) देखि २१७१ मिटर (छियाङकुटी डाँडा) उचाइमा अवस्थित छ । विश्व मानचित्रमा (जियोग्राफिक कोअर्डिनेट सिष्टम अनुसार) खाँदवारी
नगरपालिका २७०१६१४” देखि २७०२७’४४” उत्तरी अक्षांश र ५७०१४’२७” देखि ८७०७’२६” पूर्वी देशान्तरमा पर्दछ । नगरपालिकाको कूल क्षेत्रफल १२२.७८ वर्ग किमि छ । यस अन्तर्गत कृषिले करीव ७४.६१ वर्ग किलोमिटर (६०.१७ प्रतिशत) क्षेत्रले ओगटेको छ भने वन, जङ्गलले २७.० वर्ग किमि (२१.९९ प्रतिशत), झाडी तथा घाँसे क्षेत्रले १६.३८ किमि (१३.५ प्रतिशत), नदी तथा वगर क्षेत्रले ३.७९ किमि (३.०९ प्रतिशत) भूमि ओगटेको छ भने वस्ती भएको क्षेत्र करीव ०.७५ वर्ग किमि अर्थात कूल भूमिको ०.६१ प्रतिशत मात्रै छ भने वाझो करीव ०.०५ वर्ग किलोमिटर छ।