राजनीतिक तथा प्रशासनिक विभाजन

संसदीय निर्वाचन क्षेत्रका हिसावले संखुवासभा जिल्लालाई एक मात्र निर्वाचन क्षेत्र निर्धारण भएको यो पालिका पनि सोही क्षेत्रमा पर्ने र प्रदेश सभा निर्वाचनका लागि २ वटा निर्वाचन क्षेत्र निर्धारण भएको यो पालिका निर्वाचन क्षेत्र १ मा पर्दछ ।

khandbari-map

तत्कालीन मनकामना, पाङ्मा र माल्टा गाउँ विकास समितिलाई मिलाएर बि.सं. २०५३ माघ -१८ गते खाँदवारी नगरपालिका स्थापना गरिएको थियो । सो पश्चात राज्य पुर्नसंरचनाको सन्दर्भमा वि.सं.२०७३ मा पुन: साविकको सितलपाटी गाविसलाई समेत यसै पालिकामा गाभी खाँदवारी नगरपालिका स्थापना गरियो । खाँदवारी नगरपालिकामा हाल ११ वडाहरु छन्‌ । यो पालिका संखुवासभा जिल्लाको जिल्ला सदरमुकाम पनि हो । खाँदवारी नगरपालिका जिल्लाको दक्षिण पश्चिम क्षेत्रमा अवस्थित छ र भोजपुर जिल्लाको षडानन्द नगरपालिकासंग जोडिएको छ । खाँदवारी नगरपालिकाको पूर्वमा सभापोखरी गाउँपालिका, पाँचखप्पन नगरपालिका र चैनपुर नगरपालिका पर्दछ भने पश्चिमतर्फ भोजपुर जिल्लाको षडानन्द नगरपालिका र सिल्पासिलिछो गाउँपालिकासंग जोडिएको छ । यसैगरी उत्तरतर्फ चिचिला गाउँपालिका र सिलिचोड गाउँपालिका आवस्थित छ भने दक्षिणतर्फ चैनपुर नगरपालिका र मौजपुर जिल्लासंग जोडिएको छ । मुलतः खाँदवारी नगरपालिका पश्चिम र दक्षिण दुवैतर्फ अरुण नदीबाट घेरिएको छ । संखुवासभा जिल्लाको लागि नगरपालिका साना पालिकाहरु मध्येमा पर्दछ । जिल्लाको कुल भूभागको करीव ३.५४ प्रतिशत भूमि मात्रै यस पालिको ओगटेको छ ।