रुद्राक्ष मध्य पहाडी क्षेत्रमा पाइने वनस्पति हो ।

रुद्राक्षसम्वन्धी पुस्तकहरुका अनुसार रुद्राक्ष २७ मुखेसम्म हुन्छ । तर, संखुवासभा र भोजपुरमा २९ र ३२ मुखे पनि पाइएका छन् ।

Rudrakshya

Photo: Bipin Shrestha

रुद्राक्ष मध्य पहाडी क्षेत्रमा पाइने वनस्पति हो । यो समुन्द्री सतहको करिव ५ सय मिटरदेखि १५०० मिटरसम्म पाइन्छ । यसको फललाई रुद्राक्ष भनिन्छ । रुद्राक्ष गोलो र गोलाकार आकारमा फल्छ । नेपाली शब्दसागर शब्दकोषमा रुद्राक्ष शब्दलाई लामालामा हरिया केशर हांगामा फूल सेता हुने स्याउले एक ठूलो जातको रुख र त्यसैको साना ओखर वा तिमिला खाले काँडे फल भनेर परिभाषित गरिएको छ । यसका दाना औषधि, सौख र मनोकाङ्क्षा पूरा हुने विश्वासमा माला बनाएर लगाउने गरिन्छ । रुद्राक्षलाई हाम्रो गाउँघरमा दाना पनि भनेर चिनिन्छ ।

रुद्राक्षसम्वन्धी पुस्तकहरुका अनुसार रुद्राक्ष २७ मुखेसम्म हुन्छ । तर, संखुवासभा र भोजपुरमा २९ र ३२ मुखे पनि पाइएका छन् । हालैको खोज अनुसार संसारभरी ३८ मुखसम्मका रुद्राक्ष पाइएको खोजकर्ताले बताएका छन् । सामान्यतया १ देखि १४ मुखेमात्र सर्वसुलभ उपलब्ध हुन्छन् । संखुवासभा र भोजपुरको उत्तरी क्षेत्रमा वर्षेनी १४ मुखेभन्दा ठूला दाना फलिरहेका छन् ।

रुद्राक्ष पश्चिम नेपालको कास्की स्याङ्गजा, पाल्पा, गुल्मी र पूर्वी नेपालको भोजपुर, संखुवासभा र धनकुटामा बढी उत्पादन हुन्छ । नेपाल, भारत, मलेसिया, थाइल्याण्ड, इन्डोनेसिया तथा अस्ट्रेलियाका जंगलमा प्रशस्तै पाइन्छ । विश्वभरमा यसका जम्मा १२३ प्रजाति पाइएका छन्

Photo: Bipin Shrestha