आर्थिक स्थिति

तथ्यांकको आधारमा आर्थिक रुपमा सकृय जनसंख्या मध्ये कृषिमा करीव ४३४ प्रतिशत, नोकरीमा ५.६६ प्रतिशत (१९६८ जना) उद्योग तथा व्यापारमा १९१८ जना (५.५२ प्रतिशत), ज्याला मजदुरीमा १९७६ (५.६९ प्रतिशत) आवद्धता रहेको छ ।

khandbari

यस पालिकामा वसोवास गर्ने नागरिकहरुको मुख्य पेशा कृषि भएतापनि नोकरी, उद्योग, व्यवसाय, ज्यालादारी, वैदेशिक रोजगारी र गृहणीमा आवद्धता जनसंख्या क्रमशः वृद्धि भइरहेको पाइन्छ । तथ्यांकको आधारमा आर्थिक रुपमा सकृय जनसंख्या मध्ये कृषिमा करीव ४३४ प्रतिशत, नोकरीमा ५.६६ प्रतिशत (१९६८ जना) उद्योग तथा व्यापारमा १९१८ जना (५.५२ प्रतिशत), ज्याला मजदुरीमा १९७६ (५.६९ प्रतिशत) आवद्धता रहेको छ ।

खाद्यन्न उत्पादनको हिसावले अन्नवाली धान, मकै कोदो), दलहन । मास, मुसुरो र तेलहन (तोरी) उत्पादन हुने गरेको छ । करीव ७ हजार मे. टन खाद्यान्न उत्पादन हुने तथ्याङक पालिकामा उपलब्ध छ । त्यसैगरी पालिका क्षेत्रभित्र वडा नम्बर ४ मा अदुवाको ब्लक क्षेत्र र वडा नम्बर २ मा अलैचीको ब्लक क्षेत्र सञ्चालनमा रहेको छ ।

नगरपालिका पार्श्वचित्र २०७६ अनुसार २१६९ घरपरिवारलाई ३ महिना वा सो भन्दा कम समयसम्म आफ्नै उत्पादनले खान पुग्ने अभिलेख छ भने १००९ घर परिवारलाई ४-६ महिना सम्म र १०१३ घरपरिवारलाई ७-९ महिना सम्म १४५२ घरपरिवाललाई ९-१२ महिना सम्म र १२ महिना भन्दा वढी समय सम्म खानपुग्ने घर परिवार संख्या ११८२ अर्थात १५.९६ प्रतिशत रहेको छ । यस हिसावबाट करीव २९.२९ प्रतिशत घरपरिवार ३ महिना र १३.६२ प्रतिशत घरपरिवार ६ महिना सम्म कृषिमा आत्मनिर्भरता पाइन्छ ।

त्यसैगरी आय तर्फ वार्षिक रु.५० हजार भन्दा कम आम्दानी गर्ने घरपरिवार संख्या ५७९ अर्थात कूल घरधुरी संख्याको करीव ७.८२ प्रतिशत छ भने रु. १ लाख ५० हजार सम्म वार्षिक आय गर्ने घरधुरी संख्या १७५४ अर्थात २३.६८ प्रतिशत र रु. २ लाख ५० हजार सम्म वार्षिक आय गर्नेहरुको संख्या १५५४ अर्थात कूल घरधुरीको २०.८६ प्रतिशत छ । यसैगरी वार्षिक रु.५ लाख सम्म र सो भन्दा वढी आय गर्ने घरपरिवार संख्या क्रमशः २२३१ (३०.१२%) र १२९७ (१७.५१%) छ । यस सम्वन्धी विस्तृत विवरण ग्राफचित्रमा उल्लेख गरिएको छ ।

नगरपालिकाको पार्श्वचित्र २०७६ अनुसार आर्थिक रुपमा सकृय जनसंख्याको १८०८ जना अर्थात करीव ५.२० प्रतिशत वैदेशिक रोजगारीमा रहेको छ । युवाहरुको रोजाइका प्रमुख गन्तव्यहरुमा मलेसिया, खाँडी मुलुक, दक्षिण कोरिया, जापान, अमेरीका, यूरोप, अष्ट्रेलिया लगायत भारत र अन्य मुलुकहरु रहेका छन् भने सवैभन्दा वढी करीव ४१.४८ प्रतिशत खाँडीमुलुक रहेको छ । दोश्रो गन्तव्यको रुपमा मलेसिया पर्दछ जहा संख्यात्मक हिसावले ४३७ जना अर्थात कूल रोजगारी करीव २४.१७ प्रतिशत रहेको छ । दक्षिण कोरिया र भारत पनि अर्को आकर्षक गन्तव्यमा पर्दछ जहा कूल वैदेशिक रोजगारीको क्रमशः ३.३२ र २९३ प्रतिशत जाने गरेको देखिन्छ । यस वाहेक विकसित राष्ट्रहरुमा जापान, अमेरिका, यूरोप र अष्ट्रेलियामा युवाहरु विभिन्न उद्देश्यले पुगेका छन् । उपरोक्त क्षेत्रवाट प्राप्त भएको विप्रेषण तथ्याङ्क यकिन हुन सकेको छैन । प्रतिव्यक्ति रु २५ हजारका दरले वार्षिक विप्रेषण रकम रु ५४ करोड २४ लाख प्राप्त हुन सक्ने अनुमान गर्न सकिन्छ।