सडक, यातायात सञ्जाल

खाँदवारी नगरपालिका चिचिला, सभापोखरी, चैनपुर, पाचखप्पन लगायत ७ वटा पालिकाहरुसंग सडक सञ्जालवाट जोडिएको छ ।

khandbari municipality

Photo: Bipin Photography

नगरपालिका पार्श्वचित्र, २०७६ अनुसार पालिका भित्र विभिन्न क्षेत्रमा गरी ४८ वटा सडक खण्डहरु निर्माण भएका छन् । निर्मित कूल सडकको लम्वाइ कूल ४६७ किमि रहेको छ । जसमा कालोपत्रे सडकको लम्बाइ १९ किमि ग्राभेल सडकको लम्बाइ ५५ किमि र वाँकी सडकहरु धुले अर्थात कच्ची अवस्थामा छन । अधिकांश वस्तीहरु सडक सञ्जालमा जोडिएका छन् ।

खाँदवारी नगरपालिका चिचिला, सभापोखरी, चैनपुर, पाचखप्पन लगायत ७ वटा पालिकाहरुसंग सडक सञ्जालवाट जोडिएको छ । वसन्तपुर-चैनपुर-खाँदवारी – किमाथाङ्का सडक तथा कोशी राजमार्ग खाँदवारी नगरपालिकाको एक प्रमुख एवं पर्याप्त सम्भावना वोकेको सडक मार्ग पर्दछ । यसले पालिकाको वडा नम्बर ९, ८, १, ७, ३ र ४ को वीच भाग हुँदै चिचिला गाउँपालिका हुँदै किमाथाङ्का चीनसंग जोडिएको छ । किमाथाङ्का व्यापारिक नाकाको रुपमा विकासित हुँदै गइरहेको छ । त्यसैगरी खाँदवारी-चैनपुर, तुम्लिङटार-वाना, खाँदवारी- धुपु वाह्नवीसे चैनपुर, र खाँदवारी – लेगुवाघाट-हिले सडक (कोशी राजमार्ग) ले खाँदवारीको पूर्वतर्फ, हेलुवावेसी – कुलुङ मार्ग, चन्दनपुर वालुवानी मार्ग (मझुवावेसी – अर्खे-कुलुङ : हाल अरुणमा मोटर पुल वन्न वाँकी), मनकामना – डिड्ला सडक मार्ग (हाल अरुण नदीमा गाडी तार्न फेरी सञ्चालनमा ) ले पश्चिमतर्फ भोजपुरसंग र उत्तरतर्फको चिचिलासंग सडक सञ्जाल स्थापित छ । सभाखोला दोभान देखि छियाड्कुटी सम्म करीव ३३ किलोमिटर सडक खण्ड कोशी राजमार्गले पालिकाको दक्षिण देखि उत्तर सम्मको क्षेत्रलाई जोडिदिएको छ ।

खाँदवारी नगरपालिका हवाइ मार्गवाट पनि जोडिएको छ । वडा नम्बर ९ को तुम्लिङटारमा १४०० मिटर लामो कालोपत्रे धावन मार्ग भएको विमानस्थल सञ्चालनमा छ । वुद्ध, यती, गोमा र तारा एयरलाइन्सले काठमाडौ र विराटनगरबाट उडान भर्दै आएका छन् । एयरलाइन्सहरुले मौसमका आधारमा दिनहुँ २ वा सो भन्दा वढी उडानहरु भर्ने गर्दछन् ।