जातजाति र धर्म

पालिकाको पार्श्वचित्र २०७६ अनुसार खाँदवारी नगरपालिकामा हिन्दु, बौद्ध, किरात, इसाइ, मुस्लिम र जैन मार्गमा आस्था राख्नेहरुको वासेवास पाइन्छ ।

DSC_0092

जातीय विविधता रहेको यस नगरपालिकामा ३७ भन्दा वढी जातिहरुको वसोवास रहेको छ जसमा ब्राह्मण, क्षेत्री, राई, नेवार, तामाङ, लिम्वु, शेर्पा, भोटे, खालिङ, घले, ठकुरी, गुरुङ, मगर, कुमाल, कामी, दमाई, नेवार, सुनुवार, भुजेल, धिमाल, माझी, सार्की लगायत मधेशीमुलका मारवाडी, थारु, यादव, ठाकुरहरु रहेका छन । जसमध्ये क्षेत्री, राई, नेवार, ब्राह्मण (पहाडी), तामाङ, कामी, गुरुङ र मगर जातिहरुको वाहुल्यता रहेको पाइन्छ भने कुमाल, शेर्पा, दमाई, सार्की, कुलुङ, लिम्वुहरु सामान्य रहेको छ । त्यसैगरी भोटे, दशनामी, माझी, भुजेल, याक्खा, याम्फु, मारवाडी, थारु, खालिङ, घले, मुस्लिम, ल्होमी, ठाकुर, सुनुवार आदिहरु न्यून संख्या रहेको छ । नगरपालिका पार्श्वचित्र २०७६ अनुसार आदिवासी जनजाति ( करीव ६१.७५ प्रतिशत) र ब्राह्मण क्षेत्री ( करीव २६.१२ प्रतिशत) दलित ( १०.४५ प्रतिशत) रहेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार ब्राह्मण र क्षेत्रीको २८ प्रतिशत, राई करीव १६.१५ प्रतिशत, नेवार ९.४ प्रतिशत, तामाङ ७.५८ प्रतिशत, कामी ७.२१ प्रतिशत, गुरुङ ६.५५ प्रतिशत र मगर ६.०५ प्रतिशत थियो भने कुमाल, शेर्पा, दमाई, सार्की, कुलुङ र लिम्वु क्रमश: ३.३४, २.७७ २.६६, १.८९/१.४६ र १० प्रतिशत थियो

पालिकाको पार्श्वचित्र २०७६ अनुसार खाँदवारी नगरपालिकामा हिन्दु, बौद्ध, किरात, इसाइ, मुस्लिम र जैन मार्गमा आस्था राख्नेहरुको वासेवास पाइन्छ । सवै धर्मालम्वीहरुको वसोवास रहेको यस क्षेत्रमा धार्मिक दृष्टिकोण अनुसार समाजमा आपसी सहिष्णुता र सदभाव पाइन्छ । संख्यात्मक हिसावमा हिन्दु धर्मालम्वी ७० प्रतिशत, वौद्ध धर्मालम्वी २० प्रतिशत, किरात धर्मालम्वी ७ प्रतिशत र इसाई २ प्रतिशत रहेको छ । मुस्लिम र जैन धर्ममा आस्था राख्नेहरु अत्यन्तै न्यून करीब ०.१ प्रतिशतमा रहेको छ । यस सम्वन्धी विस्तृत विवरण ग्राफचित्रमा उलेख् गरिएको छ ।