खाँदवारी नगरपालिकाको जनसंख्या

नगरपालिका पार्श्वचित्र २०७६ अनुसार नगरपालिकाको कूल जनसंख्या ३४, ७२७ रहेको छ ।

pokhari-park

नगरपालिका पार्श्वचित्र २०७६ अनुसार नगरपालिकाको कूल जनसंख्या ३४, ७२७ रहेको छ । जसमा महिलाको जनसंख्या । १७०६९, पुरुषको जनसंख्या १७६४९ र अन्य जनसंख्या ९ रहेको छ । महिलाको (४९.१५ प्रतिशत) भन्दा पुरुषको जनसंख्या (५०.८२ प्रतिशत) तुलनात्मक रुपमा करीव १.६७ प्रतिशतले वढी देखिन्छ । केन्द्रीय तथ्याङ्क विभाग, राष्ट्रिय जनगणना वि.सं. २०६८ अनुसार यस नगरपालिकाको महिला जनसंख्या पुरुषको दाँजोमा करीव ५.६४ प्रतिशले वढी देखिन्थ्यो । तथ्याङ्कगत रुपमा महिलाको संख्या १६४६७ (५२.८२ प्रतिशत) र पुरुषको संख्या १४७१० (४७१८ प्रतिशत) थियो । सो लाई आधार मान्दा हेर्दा वि.सं २०७६ सम्म आइपुग्दा महिलातर्फ करीव ३.६६ वढी र पुरुषतर्फ करीव १९.९८ प्रतिशतले जनसंख्या वृद्धि देखिन्छ । समग्रमा जनसंख्या वृद्धिदर वार्षिक करीव १.४२ प्रतिशत छ । राष्ट्रिय जनगणना, २०६८ अनुसार प्रति घरपरिवार संख्या औषतमा ४.१८ रहेकोमा हाल यो संख्या ४.६९ पुगेको अर्थात करीव ०.५१ प्रतिशतले वृद्धि भएको छ ।

वडागत रुपमा हेर्दा, वडा नम्बर १ मा अधिक जनसंख्या (१३.४९ प्रतिशत) र क्रमशः वडा नम्बर ९ र ७ जहा कूल जनसंख्याको क्रमशः १२.८९ र ११.४६ प्रतिशत वसोवास रहेको छ । सवैभन्दा न्यून जनसंख्या भएको वडा नम्वर ५ जहा करीव ४ ७३ प्रतिशत र क्रमशः वडा नम्बर २, ६ र ११ पर्दछ जहा कूल संख्याको ६.११, ६.४९, ६.७० प्रतिशत जनसंख्या वसोवास गर्दछन ।

नगरपालिका पार्श्वचित्र २०७६ अनुसार १९ देखि २४ वर्ष उमेर समूहको जनसंख्या अधिक देखिन्छ (करीव ३५.८ प्रतिशत) रहेको देखिन्छ भने ६ देखि १४ वर्ष उमेर समूहका १७.२ प्रतिशत अर्थात ५९६७ जनसंख्या रहेको छ । २५ देखि ४९ वर्ष उमेर समुहका करीव ११.२ प्रतिशत, १५ देखि १८ वर्ष उमेरका जनसंख्या करीव ७.८ प्रतिशत, ५० देखि ५९ वर्ष उमेर समुहका करीव ८.३ प्रतिशत र ६० वर्ष देखि माथिका करीव ११ प्रतिशत रहेको छ । आर्थिक रुपमा सक्रिय (१५ -५९ वर्ष उमेरका ) संख्या कूल जनसंख्याको ६३.०५ प्रतिशत अर्थात २१८९६ छ भने १५ वर्ष भन्दा कम उमेर समूहका जनसंख्या ९००८ अर्थात कूल जनसंख्याको करीव २५.९ प्रतिशत । कूल जनसंख्यामा यसको हिंस्सा करीव १.९१ प्रतिशत (६६४) अपाङ्गता भएका नागरिकहरु रहेका छन र शारिरीक अपाङ्गता भएकाहरुको संख्या अधिक रहेको छ ।

khandbari population