अल्लो

आ. आर. एन. को भ्याल्यु चेन बुक २०१४ मा उल्लेख गरिए अनुसार यो नेपालको ३५ भन्दा बढी हिमाली जिल्लाहरूमा पाइन्छ ।

अल्लोको कपडाको भान

Photo: Bipin Shrestha

१२०० मिटरदेखि ३००० मिटरसम्मका जङ्गलमा पाइने गैर औषधीजन्य वनस्पतिको रुपमा वर्गीकृत गरिएको अल्लोलाई कुलुङ भाषामा ‘जाखिल्मा’ र नेपालीमा ‘भाग्रो सिस्न’ भनेर चिनिने गरिन्छ । यस्लाई अङ्ग्रेजीमा ‘जेइण्ट नेटल’ भन्ने गरेको पाइन्छ ।

यसको बोटानिकल नाम गिरारदिनिया डाइभरसिफोलिया’ हो र यो ‘उर्टिसिया’ प्रजातिमा पर्दछ । आ. आर. एन. को भ्याल्यु चेन बुक २०१४ मा उल्लेख गरिए अनुसार यो नेपालको ३५ भन्दा बढी हिमाली जिल्लाहरूमा पाइन्छ ।

नेपाल बाहिर उत्तरी पाकिस्तान, कास्मिर, उत्तरपश्चिमी भारत, सिक्किम, भुटान, दक्षिणी र पूर्वी तिब्बत, श्रीलंका, उत्तरी म्यान्मार, चीन तथा मलेसिया आदि देशहरूमा पनि पाइन्छ । ओसिलो जमिनमा पाइने अल्लोको बोक्रा मज्बुद रेसादार पदार्थ पाइन्छ ।

एक वर्षको अल्लो ५ देखि ७ फिटसम्म अग्लो हुने गर्दछ । कुलङ्ग जातिको मिथकदेखि नै अल्लो प्रचलनमा रहेको भेटिन्छ । मिथकअनुसार निनमरिदु अल्लोको तान बुन्न सिपालु भएकी भनेर बयान गरेको पाइन्छ । जिविकोपार्जन साध्यका रुपमा तथा पर्यावरणीय अनुकुलनको सिदान्तहरूका अनुसार उच्च हिमाली वातावरणमा सुहाउँदो मजबुत, न्यानो र उपलब्धताको हिसाबले अल्लो अति उत्तम विकल्पको रुपमा प्रचलनमा आएको हुनसक्ने अनुमान गर्न सकिन्छ ।

कुलुङ जातिले परम्परागत रुपमा हिउँदामा पात झरेको बेला एक वर्षे अल्लाको काण्डलाई काटेर त्यसको बोक्रको पाट निकालेर ल्याउने गर्दछन् । त्यो लोक्तालाई खरानीको घोलमा एक रात पकाएपछि त्यसलाई पानीमा धुन्छन् । त्यसपछि कमेरो माटोसँग मुछेर घाममा सुकाउँछन् र सुकेपछि माटो झारेर सुनौलो रङ्गको मुलायम पाट बन्दछ । यो पाटबाट धागो बनाएर विभिन्न आवस्यक सामाग्रीहरू जस्तैः लुगा, माछा मार्ने जाल. झोला, धोक्रो, दाम्लो, डोरी, नाम्लो आदि बनाउने गर्दछन् ।अल्लोको कपडा र पैसा राख्ने पर्स

Allo

alo bag

Alo sandal, Khandbari

अल्लोको झोला अल्लोको सल

अल्लोको कोट

Photo: Bipin Shrestha