मनोरम गुफा पोखरी संखुवासभा – गुराँसको राजधानी
तीनजुरे, मिल्के र जलजले क्षेत्रको मुख्य आकर्षण गुफापोखरी पुगेपछि हिमाली दृष्य, गुराँस वनको सौन्दर्यले मन हर्षविभोर हुन्छ । समुन्द्री सतहबाट २८९० मिटर उचाइको यो स्थानको चर्चित पोखरीकै नाममा गुफापोखरी नामाकरण भएको हो।
पोखरीमा यति शुद्ध पानी छ कि त्यहाँ कुनै पनि पाठ/पतिङगर देख्न पाइन्न । स्थानीयका अनुसार पोखरीमा कुनै चिज खसे वा परेमा सुनौलो रङको चराले टिप्दै बाहिर फाल्ने गर्छ। त्यही चराले पोखरीमा कुनै पनि चिज पर्न नदिने स्थानीय वृद्ध हरिप्रसाद खनाल बताउँछन् ।
नेपालमा पाइने ३२ मध्ये यो क्षेत्रमा २८ प्रजातिका गुराँस पाइन्छन् । तीनजुरे, मिल्के र जलजलेको संगम गुफापोखरी तेह्रथुम र संखुवासभा जिल्लाको पनि मिनलविन्दु पनि हो । संखुवासभाकी नुनढाकी ९ को यो स्थान आन्तरिक र वाड्य पर्यटकका कारण सधै चर्चामा रहिरहन्छ। ताप्लेजुङका पश्चिमी गाउँ, तेह्रथुमका उत्तरी रसंखुवासभाका दक्षिणी गाविसबासी यही पोखरीमार्ग हुँदै आवतजावत गर्छन् । तेहथुमको बसन्तपुरसम्म गाडीमा पुगिने र त्यहाँबाट झण्डै ५ घण्टा गुराँसे वनको अवलोकन गर्दै गुफापोखरी पुगिन्छ। ताप्लेजुङ र पाँचचरबीच भएर बग्ने कावेली नदीमा व्याफटिङ गर्ने, अन्नपूर्ण हिमाल आरोहण र गुराँस क्षेत्रको जेविक विविधता अध्ययन गर्ने बर्षेनी १० हजारबढी पर्यटक गुफापोखरीहुँदै आवतजावत गर्छन् । हिउँदमा हिउँले पोखरी नै जम्छ। यो समय स्थानीय बालबालिका पोखरीमा जमेको पानीमाथि दौडने गर्छन् । अधिक हिमपात हुने गुफापोखरीमा पुस र माघ महिना हिउँ खेल्न सुनसरीको इटहरी, धरान, धनकुटा, तेह्रथुमको बसन्तपुर, संखुवासभाको खाँदबारीदेखिका युवाको भइरहन्छ। जमघट गुफापोखरीसित जोडिएको मेन्छेम डाँडा अर्को विषेशताले भरिएको छ। ताप्लेजुङको पाथिभरा देवीको दर्शन गर्न यो स्थानबाट सूर्योदयको दृष्य देख्न सकिन्छ । गुफापोखरी पुगेका अधिकांश युवायुवति बिहान ३ बजे नै सूर्योदयको दृष्य अवलोकन गर्न मेन्छेम डाँडा पुगिसकेका हुन्छन् ।
गुफापोखरीसँगै अर्को देउराली गाउँ पनि छ। यी गाउँमा करिव ७० परिवार बसोबास गर्छन् । यहाँको मुख्य पेशा नै आन्तरिक र वाह्य पर्यटकलाई उपभोग्य सामान बिक्री गर्नु र होटल सञ्बालन गर्नु हो । गुफापोखरी प्राविका शिक्षक पासाङ शेर्पाका अनुसार गुफापोखरी, गुराँशको राजधानी, मेन्छेम डाँडाकै कारण यहाँका ७० परिवारले सानोतिनो व्यापार गरेर गुजारा गर्दै आएका छन् । एउटा प्रावि, इलाका प्रहरीचाहेक अन्य सरकारी कार्यालय नभएको यो स्थानमा स्वास्थ्य, पशु, कृषि, हुलाक, खानेपानीजस्ता कार्यालयले सानोतिनो शाखामात्र सञ्चालनमा ल्याउन माग भइरहेको छ। गुफापोखरी जोड्ने मोटरबाटो निर्माण पूरा भएको छ। कच्ची मोटरबाटोमा तेह्रथुमको बसन्तपुरबाट गाडी चल्न थालेको छ ।