मत्स्यपोखरी

मत्स्यपोखरीऽ चिचिला गाउँपालिका

एक नम्बर प्रदेशको पहाडी जिल्ला सङ्खुवासभाको चिचिला गाउँपालिका वडा नं. ४ मा अवस्थित मत्स्यपोखरी पार्क मुलतः धार्मिक स्थल हो। यस जिल्लाका धार्मिक पर्यटकीय सम्भावना बोकेका दर्जनौँ स्थलमध्ये मत्स्यपोखरी पार्क पनि एक हो। धार्मिक स्थल भएकोले यहाँ वार्षिकरुपमा मंसिर पूर्णिमा, माघेसंक्रान्ति र शिवरात्रिको अवसरमा मेला लाग्दछ। पोखरी परिसरमा दुईवटा मन्दिर छन्। एउटा श्री कैलाशपति शिवालय मन्दिर र अर्को जल्पादेवी मन्दिर। यी मन्दिरमा गुरुङ जातिका पुजारी छन्। ७१ वर्षीय पुजारी हर्षबहादुर गुरुङका अनुसार जल्पादेवीलाई कुखुराको पोथी वा बाख्राको पाठी बली दिइन्छ। परेवा पनि चढाइन्छ, उडाइन्छ तर शिवालयमा फूलपाती, धूपवाती मात्र गरिन्छ। पुजारी गुरुङ भन्छन् – ‘जल्पादेवीलाई भाकल गर्यो भने आफूले चिताएको कुरा पूरा हुन्छ। यो पोखरीको माछा मार्नु हुँदैन, मार्यो भने हानी पुर्याउँछ।’

मत्स्यपोखरी पार्क जिल्ला सदरमुकाम खाँदबारीवाट करिब २५ कि.मि. दुरीमा पर्दछ। ईटहरीदेखि धरान, धनकुटा, हिले, तुम्लिङटार, खाँदबारी, मानेभञ्ज्याङ हुँदै नुम जाने बसद्वारा चिचिला बजारसम्म जान सकिन्छ। चिचिलाबाट करिब ४ कि.मि. दुरीमा पर्ने मत्स्यपोखरी पार्क निजी सवारीबाट आउजाउ गर्न सकिन्छ।समुन्द्र सतहदेखि १६०० मिटर उचाईमा रहेको छ।

Travel Guides

Khandbari municipality is a municipality located in the Sankhuwasabha District of Province No. 1 in eastern Nepal. It is the administrative center of the Sankhuwasabha District and is situated at an elevation of 1,045 meters above sea level. Khandbari is located approximately 600 kilometers east of Kathmandu, the capital city of Nepal.

Find more on our Guide Book
Bhaktapur guide book

मत्स्यपोखरी

Location Map