चैनपुर बजारको दक्षिणतिर फलाँटेभन्दा अलिक तल वाला भन्ने सानो बस्ती छ। यसैक्षेत्रमा एउटा अनकन्टार पत्थरको पहरामा रहेको प्राकृतिक गुफामा स्वनिर्मित पत्थरको शिवलिङ्ग छ यसलाई नेपालकै सबैभन्दा ठूलो शिवलिङ्ग मानिन्छ । शिवलिङ्गकै माथि पहराको सिलिङ्गमा स्वनिर्मित गाईका ठूलाठूला चारवटा थुन छन् । सम्पूर्ण पहराभरी देवता, नाग, गाई, सिंह, त्रिशुल आदिका थुप्रै आकृतिहरु छन् । वालाक्षेत्रमा रहेकाले यस धामलाई बालेश्वर भनिन्छ । यस सम्बन्धी मिथक यस्तो रहेको छः
प्राचीनकालमा फर्लोटेमा किराँत समुदायका जिम्दारहरुको बसोबास थियो । एकजना जिम्दार्नीको एउटा ज्यादै दुधालु गाई थियो तर बरनबाट चरेर फर्की आउँदा त्यो गाईको फाँचोमा दूध निखिइसकेको हुस्यो। एकदिन जिम्दार्नीले यसको रहस्य पत्ता लगाउने विचारले गाईको चियो गरी । दूध चोर्ने मान्छे भेटियो भने यही खुपीले गिड्छु भनेर कम्मरमा एउटा खुर्पा पनि भिरी । गाई सरासर वालेश्वरको गुरभित्र पस्यो र शिवलिङ्गमा दूध बहाउन थाल्यो। यो देखेर जिम्दानी रिसले आगो भई र कम्मरबाट खुर्पा झिकेर शिवलिङ्गमा धुर्णले बेस्सरी युङथुयाई अनि गाईका थुनमा पनि खुर्पाले हानेर छियाछिया बनाइदिई । अकस्मात गाई तुरुन्तै शिलामा परिणत भयो र पहरामा टाँस्सियो। अहिले पनि हेर्दाखेरि शिवलिङ्गमा र गाईको थुनमा खुपीले हानेको जस्तै चोटहरु देखिन्छन् । सो थुनबाट लगातार शिवलिङ्गमा दूध झरिरहन्थ्यो अरे तर एकजना गोठालाले एकदिन कर्कलाको पातको खोचोमा थापेर दूध खाएछ । त्यसपछि त्यहाँबाट दूध आउन बन्द भएको अरे। खुर्पाले हानेको घटनापछि महादेवको प्रकोपले गर्दा फलाँटेमा बसोबास गरिरहेका सम्पूर्ण जिम्दारहरु विस्थापित भए अरे । अहिले पनि वालेश्वर भन्दा माथि पानीढलो लेभल सम्मको क्षेत्रमा किराँत जातिलाई फाप्दैन अरे त्यसैले उनीहरु फलाँटेमा बस्न डराउँछन् अरे ।