मंगलादेबी मन्दिर

मंगलादेबीले मगरहरुको कुलदेबीको रुपमा हैसियत प्राप्त गरिन् ।

Mangaladevi Temple, Khandbari

खाँदबारी मुडुलेचौरस्थित मंगलादेबी मन्दिरसम्बन्धी मिथक अनुसार तीन खोप्रे मगरगाउँकी मंगलादेबी मगर नाम गरेकी महिला आफ्नो सानो छोरालाई कोक्रामा बोकेर डुल्दै डुल्दै मुडुलेचौर आइपुगिन् र त्यहाँ एउटा अर्चलको बोटमा अर्चल लटरम्म फलेर पाकि रहेको थियो। हेर्दै खाउँखाउँ लाग्ने अर्चल देखेर उनलाई त्यो अर्चल छोरालाई पनि ख्वाउने अनि आफू पनि खाने बिचार आएकाले त्यही रुखको फेदमा कोक्रो बिसाएर अर्चल टिप्न रुखमा चढिन् ।

त्यहीबेला कताबाट एउटा बाघ आइपुग्यो र कोक्राबाट बच्चालाई टिपेर नजिकैको कटुसको बोटतिर भाग्यो। ती महिला आतंकित भएर चिच्याउँदै बच्चाको बचाउ गर्न हतार हतार रुखबाट उत्रन थालिन् तर अचानक खुट्टो चिप्लियो र उनी रुखबाट लडेर ठहरै भइन्। यसरी आमा र बच्चा दुवैको अकाल मृत्यु भएपछि उनीहरु वायु भए। केही दिनपछि त्यही ठाउँका एकजना मगरले एउटा अनौठो सपना देखे। सपनामा तिनै मगर्नी महिलाले भनिन् म र मेरो छोराको अकाल मृत्यु भएर हामी दुवै वायु भएका छौं । अब म मगरहरुकी कुलदेबी हुन चाहन्छु ।त्यसकारण त्यही अर्चलका फेदमा मंगलादेवीको थान बनाएर मगर पुजारीबाट पूजा आराधना गराउनु अनि कटुसका फेदमा मेरा छोराको पनि वायु उधान बनाएर पूजाआजा गराउनु। त्यसबाट तिमीहरु सबैको कल्याण हुन्छ, बस्तुभाउ सप्रिन्छन्, मान्छेको रोगब्याध निको हुने, बालीनालीमा सप्रिने ।

हरेक मंगलबारका दिन परेवा, कुखुरा, बोका, सुंगुरपाठा जे हुन्छ त्यसैको भोग दिएर पूजा गर्नु  र यहाँका मगरहरुलाई जूठो सूतक परेका बेलामा चाहि पूजाआजा नगर्नु  त्यसपछि सपनामा भनेजस्तै गरेर अर्चलको फेदमा मंगलादेबी थान र कटुसका फेदमा वायु उधान स्थापना गरियो । मंगलादेबीले मगरहरुको कुलदेबीको रुपमा हैसियत प्राप्त गरिन् ।

Travel Guides

Khandbari municipality is a municipality located in the Sankhuwasabha District of Province No. 1 in eastern Nepal. It is the administrative center of the Sankhuwasabha District and is situated at an elevation of 1,045 meters above sea level. Khandbari is located approximately 600 kilometers east of Kathmandu, the capital city of Nepal.

Find more on our Guide Book
Bhaktapur guide book

Location Map

खाँदबारीमा मनाइने चाडपर्व सुची

खाँदबारी नगरपालिकामा मनाइने राम्रा चाडपर्वहरु सूचीकरण ।