१ दिने दृश्यावलोकन भ्रमण

१ दिने दृश्यावलोकन भ्रमण

Activity Overview

१ दिने दृश्यावलोकन भ्रमण – खाँदबारी 

खाँदबारी क्षेत्रको यो छोटो र रमाइलो ट्रेक स्थानीय संस्कृति र उत्पादनहरू जस्तै रुद्राक्ष, अल्लो कपडा, अलैँची, हातले बुनेका झोला खोज्नेहरूका लागि उपयुक्त छ। यो पदमार्ग मानेभञ्ज्याङ, अरुणथान, र सेकाया हुँदै घुमेर साँझसम्म खाँदबारी फर्कन्छ। कुनै अनुमति पत्र आवश्यक छैन। गाइड वा पोर्टर चाहेमा लिन सकिन्छ।

 

मुख्य आकर्षणहरू:

  • गाउँको जीवनशैलीको अनुभव
  • मकालु हिमालको दृश्य (८,४६३ मि)
  • मकालु बरुण गुम्बाको भ्रमण
  • अलैँची खेतीको अवलोकन
  • कुनै पनि परमिट वा TIMS कार्ड आवश्यक छैन

Itinerary

पहिलो दिन: खाँदबारी आगमन (१०३६ मि)
काठमाडौंबाट तेमालिङटारसम्म ३० मिनेटको हवाई यात्रा। त्यसपछि १५ मिनेटको अटो रिक्सा यात्रामा खाँदबारी पुग्ने। होटलमा बस्ने, बजार घुम्ने, र गाइडसँग भेट गर्ने।

दोश्रो दिन: खाँदबारी–सेकाया–खाँदबारी डेलाइट ट्रेक
नास्तापछि मानेभञ्ज्याङ र अरुणथान हुँदै सेकाया पुग्ने। त्यहाँको पुरानो मकालु गुम्बा हेर्ने। साँझ खाँदबारी फर्किने। होटल वा होमस्टेमा बस्ने।

तेस्रो दिन: खाँदबारी घुम्ने दिन
बजारमा गइ विभिन्न स्थानीय सामग्री किन्न सकिन्छ – रुद्राक्ष, अल्लो लुगा, सखर, राडी आदि। चाहेमा स्कुल, अस्पताल वा कम्पनीद्वारा सहयोग गरिएका परियोजनाहरू पनि हेर्न सकिन्छ।

चौथो दिन: काठमाडौं फर्किने
नास्तापछि अटो रिक्सामा तेमालिङटार विमानस्थल पुग्ने। त्यहाँबाट काठमाडौं फर्किने।