चारधारा ट्रेक

चारधारा ट्रेक

Activity Overview

चार दिने चारधारा पदयात्रा 

खाँदबारी–११, अङ्गला घले गाउँस्थित चारधारा एक सुन्दर तथा पवित्र स्थल हो। यहाँका चारवटा प्राकृतिक धारामा चिसो र शुद्ध पानी बग्दछ—जाडोमा तातो र गर्मीयाममा चिसो। यहाँ तपाईले पानी पिउन, नुहाउन र मन्दिरमा पूजा गर्न सक्नुहुन्छ। यो ट्रेकमा सुन्दर गाउँ र हिमाली दृश्यहरू देख्न पाइन्छ।

मुख्य विशेषताहरू:

  • शान्त र कम भीड भएको पदमार्ग
  • मकालु हिमाल (८,४६३ मि) सहित हिमशृंखलाको दृश्य
  • स्थानीय संस्कृति, गाउँ र प्राकृतिक धारा अवलोकन
  • कुनै अनुमति आवश्यक छैन

Itinerary

पहिलो दिन: खाँदबारी आगमन (१०३६ मि)
काठमाडौँबाट ३० मिनेटमा तेमालिङटार पुगिने। त्यहाँबाट १५ मिनेट अटो रिक्सामा खाँदबारी पुग्ने। होटलमा बस्ने।

दोश्रो दिन: खाँदबारी–चारधारा–खाँदबारी
नास्तापछि मानेभञ्ज्याङ, अरुणथान, सिटालपाटी हुँदै चारधारा पुग्ने (४ घण्टा)। फर्कँदा हरैला डाँडा र सेकाया हुँदै खाँदबारी आइपुग्ने।

तेस्रो दिन: खाँदबारी घुम्ने
बजारमा गई रुद्राक्ष, अल्लो लुगा, सखर, राडी कम्बल, पैसा झोला आदि किनमेल गर्ने। चाहेको खण्डमा स्कूल, अस्पताल वा अन्य परियोजना भ्रमण गर्न सकिने।

चौथो दिन: काठमाडौँ फर्किने
नास्तापछि अटोमा तेमालिङटार विमानस्थल पुग्ने। त्यसपछि हवाईजहाजबाट काठमाडौँ फर्किने।