मनकामना मन्दिर

मनकामना मन्दिर खाँदबारी नगरपालिकामा अवस्थित एक पवित्र हिन्दू मन्दिर हो

Manakamana Temple

अरुण उपत्यका भित्र पर्ने सङ्खुवासभा जिल्ला पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण जिल्ला हो । यस जिल्लामा पर्यटकहरुलाई आकर्षण गर्ने हिमाल, पहाड, टार, बेंसी, वनस्पति-जंगल, चरा-चुरुत्री, विभिन्न जनजातिका भाषा संस्कृति भेष मात्र होइन धार्मिक एवं पुरातात्विक स्थलहरु पनि रहेका छन् । त्यस्ता धार्मिक स्थलहरुमध्ये अरुण नदीको किनारमा रहेको मनकामना देवीको मूर्ति, मनकामनाको मन्दिर र त्यसको वरिपरि रहेको क्षेत्र (मनकामना धार्मिक क्षेत्र) पनि एक हो ।

मनकामना धार्मिक क्षेत्र सङ्खुवासभा जिल्लाको खाँदवारी नगरपालिकास्थित ९ नं. बडाको तुम्लिङटार नजिकै अरुण नदीको किनारमा पर्छ । मनकामना देवीको स्थापना यस क्षेत्रमा कसले गन्यो र कहिले भयो अके पनि प्रष्टसँग यकिन गर्न सकिएको छैन । यसबारे अझै अध्ययन अन्वेषण गर्नु जरुरी छ । तर यस सम्बन्धी प्रचलित किम्वदन्तीहरु यसप्रकार छन्:-

प्राचीनकालमा माटाको भाँडाकुँडा बनाउने कुमाल जातिको एउटा टोली चिम्ट्याइलो माटोको खोजी गर्दै तुम्लिङटार आइपुगेछ । तुम्लिङटारमा पाइने चिम्ट्याइलो माटोबाट विभिन्न भाँडा बनाई तुम्लिङटार वरिपरिको वस्तीमा गई भाँडासँग अन्न साटेर ल्याई जीवननिर्वाह गर्नु उसको पहिलो काम थियो । माटोको व्यवसाय सँगसँगै कुमालहरु गाइ पाल्न थाले र खेतीपाती पनि गर्न थाले । यसरी खेतिपाती र पशुपालन गर्न थालेपछि कुमाल जातिका तन्नेरीहरु माटाका भाँडाकुँडा बनाउने र खेतिपातीको काम गर्ने अनि बुढापाकाहरु वस्तुभाउ चराउन जंगलतिर जान्थे । यसरी वस्तुभाउ चराउन लैजाँदा जंगलको सबैभन्दा दूधालु गाई जो बिहाउन लागेकि थिइन् तिनी एकदिन हराइन् । यसरी हराएकी गाइको चारैतिर खोजी गर्दा समेत पत्ता नलागेपछि निरास भएर सुतेका कुमाल बुढाले सुतेकै अवस्थामा एउटा सपना देखे । सपनामा एउटी कन्या आएर कुमाल बुढालाई भनिछन् “तिमी गाई हरायो भनेर चिन्ता नगर । तिम्रो हराएकी गाई मेरा साथमा आएर व्याइसकेकी छन् र मलाई दिनहुँ दूध चढाउँछिन् । म मनकामना देवी हुँ । अरुण नदीको किनारमा पत्थरको मन्दिरभित्र मेरो प्रतिमा छ तिमी तुरुन्त त्यहाँ जाउ, पूजा गर र नित्य धुपबत्ती चढाउने व्यवस्था गर तिम्रो भलाई हुनेछ । सपनापछि कुमाल बुढा निद्राबाट बिउझिई र अरु केही साथी लिई अरुण किनारमा खोज्दै जाँदा हाल अरुण नदी किनारको मनकामनाको पत्थर मन्दिर भएका ठाउँमा गाई र बाच्छा समेत फैला पर्न गयो । त्यसपछि कुमाल बुढा खुशी भएर भगवती मनकामनाको स्थान यही रहेछ भनि त्यसै स्थानमा मूर्ति स्थापना गरी पूजा गरी गाई लिएर घर आए पछि मन्दिरमा पूजा गर्न योग्य पूजारी ब्राह्मणद्वारा पूजा चलाउन थालियो, जो अद्यावधि कायमै छ।

मनकामना मन्दिर डकुमेन्ट्री भिडियो

Location Map