लहरीखर्क र छयाङकुटी डांडा

लहरीखर्क र छयाङकुटी डॉडा यन जिल्लाको खाँदबारी नगरपालिका क्षेत्र भित्रको सबै भन्दा र उत्तम पर्यटकीय स्थल हो ।

Laharikhark, Khandbari

पूर्वी पहाडी जिल्ला संखुवासभाको सदरमुकाम खाँदबारीदेखि चारको उत्तरी क्षेत्रमा अवस्थित काहाको शिरमा रहेको लहरीखर्क र छयाङकुटी डाँडा पर्यटकीय संम्भावना बोकेको नयाँ गन्तव्य हो । समुन्द्री सतहको १ हजार ८ सय मिटरको उचाईमा रहेको बेहुली लाजवत्ले सजिएर रहेको लहरीखर्क र छयाङकुटी डाँडा आफैमा प्राकृतिक मनोरम छटो र सौन्दर्यले भरिपूर्ण पर्यटकीय ठाउँ हो । ति क्षेत्रहरूमा दैनिक रूपमा मानिसहरू पुग्न डुल्न र फुर्सदको समयलाई सदुपयोग गर्न जाने नयाँ गन्तव्य बनेको छ । सदरमुकाम खाँदबारीदेखि नजिकै रहेकाले खाँदबारीमा बोरिङ लाग्न साथ लहरीखर्क, छयाङकुटी डाँडासम्म पुग्ने गर्दछन र फ्रेस भएर फर्किने गर्दछन | त्यति मात्र होइन, आजभाली खाँदबारी आउने सरकारी होस् वा व्यक्तिगत काम विशेषले आउने पाहुनाहरूलाई घुमाउन लैजाने ठाउँ पनि लहरीखर्क र छयाङकुटी डाँडा नै बनेको छ । यातायातको सुगमता र छपाकुटी डाँडाबाट चारैतिर दृश्यावलोकन गर्न सकिने भएकाले पनि मानिसहरूको रोजाईको क्षेत्र बन्न थालेको छ । त्यसमाथि अहिले लहरीखर्कमा सुविधा सम्पन्न पिकनिक स्पटको निर्माण र छ्याकूटी डाँडाको नजिकै गगनेमा भ्युटावर निर्माणधीन अवस्थामा रहेकाले पनि पर्यटकहरूको आवागनमा वृद्धि आएको देखिन्छ । यहि छयाङकुटी डाँडादेखि नै अरूण- ३ जलविद्युत्त परियोजना क्षेत्र पुखुवा जाने बाटो रहेको छ। छयाङकुटी डाँडा पुगेपछि जो कोही पनि एकैछिन थकाई नमारी अधि भदैन् ।

एक दशक पहिलेसम्म लहरीखर्क र छयाङकुटी डाडा खैरते पाखा डाडाको रूपमा रहेको थियो । कोशी ल्हासा राजमार्गको निर्माण पछि छयाङकुटीमा बस्ती होटल पसलहरूको बृद्धि भयो । वि.सं.२०३२ सालमा धनकुटाबाट सल्ला, उतिस लगायत विभिन्न जातका बिरूवाहरू ल्याएर लहरीखर्कमा रोपिएपछि हरियाली भएकाले लहरीखर्कमा मानिसहरू आउनजान थालेका हुन् । लहरीखर्कको कुल ४१.५६ हेक्टर जमिन सामुदायिक बन बनाइएपछि सल्लाको विरुवाहरू रोपिएको हो । वृक्षारोपणपछि हरियाली र सुन्दर बनेकाले मानिसहरू घुम्न आउने थालेको लहरी च्याने दर्जेडाडाँ सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीप्रसाद गुरूङले बताए । ‘मानिसहरू भ्याङखोला हुदै हरेलो डाँडा-लहरी खर्क-गुफाथान हुदै छयाङकुटी पुगेर फर्किन गर्दछन । भने छयाङकुटीबाट पनि सोही रूट हुँदै भ्याङखोला निस्कने गर्दछन । त्यति मात्र होइन लहरीखर्कमा सल्ला नै सल्लाको घारी भएकाले मानिसहरू घण्टौ घुमेर फर्किन्छन् अध्यक्ष गुरुले भने ।

खाँदबारी नगरपालिका भित्र रहेको वाड में 4 सेकाहाको शिरमा रहेको लहरीखर्क र छ्याङकुटीको पूर्वमा रमिते देउराली जागे कांप-कांधमा मिलाएर एक कदमा मिलेर बसेको छ । भने पश्चिम र दक्षिणमा हरेलोडांडा, फिरफिरे डांडा, अरुणथान, लोक-गैरी-डा पादमा गरि तीन पाङमाको संगमस्थल पाङमा गाउंहरू देख्न सकिन्छ । त्यस्तैगरी, मानेभञ्जाङ, सदरमुकाम खाँदबारी बजार, विश्वर्क होयो अरुण उपत्यका (४५७ मी), पुरानो सदरमुकाम चैनपुर बजार, मुढेशनिश्चरे, गुराँसको राजधानी तिनजुरे मिल्के जलजले क्षेत्र पनि देख्न सकिन्छ । यसको साथसाथै छिमेकी जिल्ला भोजपुरको प्रसिद्ध तिर्थस्थल दिङ्ला बजार धनकुटाको समेत केही भागहरु सजिलै देख्न सकिन्छ । चारैदिशाको केन्द्र बिन्दुमा • रहेकाले यो लहरीखर्क र छयाङकुटी डाँडाबाट उत्तरमा बाला, सिसुवा, याफु माङ्तेवा लगायतका प्रसिद्ध तिर्थस्थलहरू खेम्बालुङ गुम्बा, शिलिङ हिमाल, विश्वको पाँचौ अग्लो मकालु हिमाल र अन्य अग्ला- अग्ला हिमश्रृंखलाहरू र पहाडहरू देख्न सकिन्छ भने भोटखोला क्षेत्रमा पर्ने मकालु हटिया, चेपुवा र किमाथाका गाबिसका केही भागहरूको दृश्वालोकनको साथै तिब्बतको रियू र रिदाकलगायतका केही भागहरू समेत देख्न सकिन्छ ।

लहरीखर्क र छयाङकुटी डॉडा यन जिल्लाको खाँदबारी नगरपालिका क्षेत्र भित्रको सबै भन्दा र उत्तम पर्यकीय स्थल हो । यो क्षेत्रलाई मनोरञ्जन केन्द्रको रूपमा विकास गर्न धेरैको सुझाव छ । लहरीखकर छयाङकुटी डाँडाको विकास हुनु नै काहाबासीहरूको विकास हुनु हो । यि ठाऊँको विकास भएमा सेकाहाबासीको जीवनस्तर उस्किनेमा शंका छैन । सेकाडालाई आन्तरिक रूपमा विकसित गराउन खांदबारी नगरपालिका र जिल्ला विकास समितीले जति चासो देखाएको पाइएको छैन् । हुन त पर्यटन क्षेत्रको रूपमा स्थापित गराउने हुदै नभएको भने होइन कार्यान्वयन भने हुन सकिरहेको छैन् । बिस २०६४ सालमा पारी ११ नगरपरिषदबाट काहालाई पर्यटन क्षेत्र घोषित गरेको थियो । र केही समेत विनियोजित गरे पनि कार्यन्वयन नभई किन भयो ।

विसं २०६७ सालमा दर्ता गरि खोदवारी सामुदायिक होमस्टेमा आएको छ । उक्त होमस्टे संचालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटकहरू सेकाहामा भित्रिने क्रम जारी छ । होमस्टेले पर्यटकलाई बाँस बसाउने र घुमफिर गर्न लहरीखर्क, गुफाथान, हरेलोडाँडा, छ्याङकुटी डाँडा, रमिते र देउराली डाँडा लैजाने गरेका छन् । प्रकृतिको अनुपम सौन्दर्यले भरिएको लहरीखर्क बहुमूल्य बनस्पति र जैविक विविधताको हिसावले र विभिन्न जीवजन्तुहरू समेत पाइन्छ । यसको विकास गर्न स्थानीय बुद्धिजिवीहरू लागी परेका छन । त्यसै अनुरूप गत बर्ष पर्यटन मन्त्रालय अन्तर्गत जिल्ला विकास समिति मार्फत लहरीखर्कमा पिकनिक स्पट निर्माणको लागी दश लाख बजेट विनियोजन भएको थियो । सोही बजेटले पिकनिक स्पट निर्माण कार्य सम्पन्न भएको छ । बस्नका लागि रेष्ट हाउस, किचन घर, पानी धारा, महिला र पुरुषका लागि छुट्टा-छुट्टै चर्पी, वरिपरि फलामको रेलिङ लगायतका भौतिक पूर्वाधारहरू निर्माण भएका छन । छयाङकुटी डाँडा नजिकै गगनेमा भ्यु टावर निर्माणधिन अवस्थामा रहेको छ ।

लहरीडाँडाको नामारण

लहरीखर्कको नामाकरण कसरी रह्यो ? भन्ने बारेमा सबैलाई जिज्ञासा लागेको हुनसक्छ । वास्तवमा परापूर्बकालमा हरेलो, निभारे र भोटेबास भोटेहरूले मृतआत्माको चिरशान्तिको कामना गर्दे आफ्नो आफन्तहरूको नाममा लहरीडाँडामा मोहने (मृतआत्माको नाममा बनाईने सानो घर, मन्दिर) लहरै बनाउथे रे । लहरै महने’ बनाउने गर्दा-गर्दै लहरै ‘लहरै’ भन्ने शब्द अप्रभम्स भएर लहरी भएको स्थानीय बुढापाकाहरूको भनाई छ । गुफाथान भनिनुको कारण बि

Location Map