खाँदबारी बजारभित्रको एउटा प्रखण्ड ढोलबाजे नामबाट चिनिने गरेको छ। यसको नामाकरण बारे एउटा मिथक रहेको छ। आजभोलि जस्तो सञ्चारका साधन नभएको त्यस जमानामा सञ्चारका लागि कटुवाल प्रथा थियो जस अनुसार क्षेत्र क्षेत्रमा सरकारी उर्दी वा स्थानीय सार्वजनिक सूचना प्रचार प्रसार गर्नका लागि एक जना मानिस खटिएको हुन्थ्यो जसलाई कटुवाल भनिन्थ्यो। कटुवालले एउटा अग्लो ठाउँमा बसेर ढोल वा नगरा बनाई मानिस भेला गथ्यों र भेला भएका मानिसहरूलाई सरकारी विज्ञप्तिको ब्यहोरा सुनाउने गर्दथ्यो। यसो गरेकोलाई ढोल पिटाएको भनिन्थ्यो । खाँदवारिको यो ठाउँ पनि ढोल पिटाउने ठाउँ भएकाले यसको नाम ढोलबाजे भएको हो ।