सिद्धकाली मन्दिर

सिद्धकाली मन्दिर चैनपुर संखुवासभा ।

चैनपुर नगरपालिकास्थित सिद्धकाली मन्दिरसम्बन्धी स्कन्दपुराणमा उल्लेख भएको प्राचीन मिथक यस्तो रहेको छ। दक्ष प्रजापति आर्य समुदायका शक्तिशाली राजा थिए । महादेव अनार्य किराँत समुदायका एक पराक्रमी र समाजको एकदमै भलो गर्ने खालका लोकपृय सिद्धपुरुष थिए। भिन्नभिन्न समुदायको बीच अन्तरजातीय विवाह गर्ने प्रचलन शुरु नभैसकेको अवस्थामा महादेवले दक्ष प्रजापतिकी छोरी सतीदेवीसँग विवाह गर्ने मनसाय राखी आफ्नो लमी आफै भएर सतीदेवीको हात माग्न गए तर दक्ष प्रजापतिले महादेवलाई तिरस्कार गर्दै त्यो प्रस्ताव ठाडै इन्कार गरे। त्यपछि दक्ष प्रजापतिका विश्वासपात्र विष्णुको सहयोग लिएर दक्ष प्रजापतिलाई झुक्याई महादेवले सतीदेवीसँग विवाह गरे। तर झुक्याएको भेद खुलेपछि ज्वाईं ससुराबीचको सम्बन्ध कटुतापूर्ण भयो । सतीदेवी र महादेवबीच औधी गहिरो प्रेम थियो। आफ्‌नो बाबुले हेला गरे पनि सतीदेवीले महादेवको क्षमता र योग्यता बुझेकी थिइन् र पतिलाई ज्यादै आदर गर्दथिन् । यसै बीचमा दक्ष प्रजापतिले एउटा विशेष यज्ञको आयोजना गरे त्यसमा सम्पूर्ण देवताहरु लगायतका ठूलाबडाहरुलाई निमन्त्रणा गरिएको थियो। तर महादेव र सतीदेवीलाई बोलाइएन । यो थाहा पाएपछि सर्तदिवी आक्रोशित भइन् र महादेवले मनाही गर्दा गर्दै पनि पितासँग झगडा गर्न सुरिएर एक्लै यज्ञस्थलमा गइन् । बाबुछोरीको चर्काचर्की भयो । दक्ष प्रजापतिले सम्पूर्ण आमन्त्रितहरुले सुन्नेगरी महादेवलाई तथानाम गालीगलोज गरे। आफ्ना पतिलाई होच्याएकोमा सतीदेवीलाई ठूलो अपमानबोध भयो र एक आवेशमा उनले त्यही यज्ञस्थलको अग्निकुण्डमा हाम्फालेर प्राण त्याग गरिन्। अब घटनाले झनै उग्ररुप लियो। यो खबर सुनेर आक्रोशित महादेवका गणहरुले दक्ष प्रजापतिको यज्ञस्थलमा आक्रमा गरी ठूलो विध्वंश मच्चाए र दक्ष प्रजापतिलाई पराजित गरी माफी मगाए। दक्ष प्रजापतिलाई दण्डित गरेपनि महादेवलाई पत्नी वियोगको बेदना असह्य भयो र सतीदेवीको मृतदेह काँधमा बोकी शोकाकुल भएर पागल जस्तै जतासुकै विचरण गर्न थाले। महादेवले काँधमा बोकेको सतीदेवीको शव सड्नथाल्यो र महादेवले थाहै नपाई शवका अवयवहरु एकाएक गर्दै भर्न थाले। जहाँजहाँ सतीदेवीका अन्नहरु पतन भए ती सबै ठाउँहरुमा एकएक वटा शक्तिपीठहरु उत्पत्ति हुँदै गए। यसै क्रममा महादेव जब चैनपुर (त्यतिबेलाको चन्द्रपुर) आइपुगे यहाँ सतीदेवीको दाहिने आँखो पतन भयो र शक्तिपीठका साथै सिद्धकाली देवी र प्रकाशेश्वर महादेव उत्पन्न भए। सिद्धकालीका मन्दिरमा राखिएको आँखो जस्तै देखिने पत्या सतीदेवीको त्यही आँखो हो जसलाई आजभोलि सिद्धकाली भनेर पूजा गरिन्छ।

Travel Guides

Khandbari municipality is a municipality located in the Sankhuwasabha District of Province No. 1 in eastern Nepal. It is the administrative center of the Sankhuwasabha District and is situated at an elevation of 1,045 meters above sea level. Khandbari is located approximately 600 kilometers east of Kathmandu, the capital city of Nepal.

Find more on our Guide Book
Bhaktapur guide book

Location Map

खाँदबारीमा मनाइने चाडपर्व सुची

खाँदबारी नगरपालिकामा मनाइने राम्रा चाडपर्वहरु सूचीकरण ।