मेन्छेमचुली

लिम्बु भाषामा मेन्चेम भनेको युवती हो ।

Menchyayem Hill

लिम्बू भाषामा मेन्छेमको अर्थ तरुनी केटी हो। सङ्खुवासभाको गुफा पोखरी भन्दामाथि अवस्थित मेन्छेमचुलीलाई लिम्बू भाषामा मेन्छेम थेगूँ अर्थात् तरुनी उभिएको डाँडो भनिन्छ। मिथक अनुसार परापूर्व कालमा एक जना धार्मिक प्रवृत्ति भएका लिम्बू बूढाले बिहान घाम झुल्किँदै गरेका बेला यो ठाउँमा बाह्र वटी ज्यादै सुन्दरी लिम्बुनी सनी केटीहरू सुनका गहनाले झकिझकाउ भएर धान नाच्न ठिक्क पर्दै लाइन लागेर उभिएको देखे । यिनीहरू कताका केटीहरू रहेछन् भनेर सोध्न ठिक्क परेकै बेला एकाएक ती केटीहरू अन्तर्ध्यान भएछन् । त्यही दिनदेखि यो ठाउँलाई मेन्छेम थेगूँ अर्थात् तरुनी उभिएको डाँडो भन्न थालियो । मिथक यतिमा मात्रै सीमित छैन । अर्को मिथक अनुसार मेन्छेमचुली बहीनिर ताप्लेजुङ स्थित पाथीभरा चुली दिदी थिए। दिदी बहिनीबिच असाध्य मेलमिलाप थियो र एकै छिन पनि छुट्टिँदैनथे, सधैँ सँगसँगै बस्थे। एक पटक भीमसेनलाई सन्सार कहीँ अग्लो, कहीँ होचो, डाँडाकाँडा, उकालो ओरालो भएको पटक्कै मन परेन र यसलाई कसरी एकछत्त पारेर सम्याउँ भनी उनी चिन्तित भए। एक दिन उनलाई साँझमा भगवानले आएर भने: “म तिमीलाई यो विशेष खालको हलो दिन्छु। तिमीले एक रात भरीमा सूर्योदय नहुँदै जोतेर सम्याउन सक्यौ भने यो सारा सन्सार समतल हुनेछ ।” तब भीमसेनले तत्कालै गोरु नारेर जोत्न सुरु गरे। महाबलबान् भएकाले रातभरिमा उनले जोत्न त धेरै जोते तर सम्पूर्ण सन्सारै जोतेर सिद्ध्याउन भने सकेनन्, सूर्योदय भइहाल्यो । उनले जोते जति ठाउँ समतल तराई भयो, जोल नभ्याएको ठाउँ चाहिँ पहाडै रह्यो । भीमसेनले धर्ती सम्याउन जोत्दाखेरि धर्ती उथलपुथल भएर मेन्छेम र पाथीभरा पनि एक अर्काबाट टाढा हुन पुगे। अहिले ती दुवै एकसेएक सुन्दर चुलीको रूपमा रहेका छन् ।

Travel Guides

Khandbari municipality is a municipality located in the Sankhuwasabha District of Province No. 1 in eastern Nepal. It is the administrative center of the Sankhuwasabha District and is situated at an elevation of 1,045 meters above sea level. Khandbari is located approximately 600 kilometers east of Kathmandu, the capital city of Nepal.

Find more on our Guide Book
Bhaktapur guide book

Location Map

खाँदबारीमा मनाइने चाडपर्व सुची

खाँदबारी नगरपालिकामा मनाइने राम्रा चाडपर्वहरु सूचीकरण ।