मकालु वरुण क्षेत्र

The primitive sounds of Nepal's civilizations echo in the folk songs.

Barun Valley

विश्वको पाँचौं अग्लो हिमाल मकालु हाम्रो शान र गौरव हो । फ्रान्सेली पर्वतारोहीद्वय लायोनेल टेरी र जिन काउजीले १५ मे १९५५ मा पहिलोपटक मकालुको चुलीमा पाइला राखेका थिए । तुलनात्मक रूपमा आरोहण गर्न कठिन मानिने मकालुको आरोहणका लागि वर्षेनी दर्जनभन्दा बढी एक्सपीडिसन टोली संखुवासभा पुग्ने गर्दछन् ।

पन्ध्र सय वर्ग किलोमिटर क्षेत्रमा फैलिएको मकालु-वरुण राष्ट्रिय निकुञ्जको नामाकरण मकालु हिमाल र वरुण नदीको नामबाटै जुराइएको छ । नेपाल पर्यटन बोर्डले २०११ मा प्रकाशित गरेको राष्ट्रिय निकुञ्ज तथा आरक्षसम्बन्धी जानकारी पुस्तिकामा उल्लेख भएअनुसार मकालु-वरुण राष्ट्रिय निकुञ्जमा ४८ प्रजातिका सुनाखरी, ८७ प्रजातिका जडीबुटी, १९ प्रजातिका बाँसजन्य बोटविरुवा पाइन्छन् । त्यस्तै दुर्लभ काँडेभ्याकुरसहित चार सय प्रजातिका चरा र एक सय ५० प्रजातिका पुतली पाइन्छन् । मकालु- वरुण राष्ट्रिय निकुञ्जमा रेडपान्डा, हिउँचितुवा, हिमाली कालो भालुलगायतका दुर्लभ वन्यजन्तु पनि पाइन्छन् । त्यसैगरी निकुञ्ज क्षेत्रहुँदै बग्ने सप्तकोशीको मुख्य सहायक नदी अरुणमा ८४ प्रजातिका माछा पाइन्छन् ।

बौद्ध धर्मावलम्बीमा बेयुल-ख्याम्पालुङ शब्दले ठूलो महत्व राख्छ । बेयुल-ख्याम्पालुङ क्षेत्रलाई पश्चिमाहरूले चाहिँ साङ्ग्रिला भनेर बढी चिन्छन् । साङ्ङ्गिलालाई हिमाली क्षेत्रको बाहिरी संसारबाट अलग स्वर्गीय भूमी मानिन्छ । जहाँ मानिसलगायत सबै जीवजन्तु अमर रहने र त्यहाँ कुनै प्रकारको प्राकृतिक प्रलय नहुने विश्वास गरिन्छ । यस्तो क्षेत्र संसारमा सातवटा रहेको र एउटा मकालु-वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको बेलायती लेखक जेम्स हिल्टनको विश्वप्रसिद्ध उपन्यास ‘लस्ट होराइजन’मा वर्णित छ ।

मकालु हिमालकै नामबाट नाम जुराइएको गाविस पनि छ, संखुवासभामा । जहाँ शेर्पा जातिको बाहुल्य छ । नुर्बचौरका मिङ्‌मा शेर्पा (सेभेन समिट्स ट्रेक्स, कपन) का दाजुभाइले विश्वका आठ हजार मिटर अग्लो सबै (१४ वटा) हिमचुचुराको सफल आरोहण गरी आठ हजार मिटर अग्लो सबै हिमचुचुरा चढ्ने दाजुभाइको विश्व रेकर्ड कायम गरेका छन् । मकालुका अधिकांश शेर्पाहरूको पेशा पर्यटन नै हो । मकालुका दर्जनौं शेर्पाले सर्वोच्च शिखर सगरमाथालगायत उच्च शिखरहरूको सफल आरोहण गरिसकेका छन् । सन् २०११ मा निजामति कर्मचारीहरूको समूहलाई सगरमाथा आरोहण गराउने क्रममा खटिएका १९ जना क्लाइम्बिङ शेर्पामध्ये १४ जना संखुवासभाको मकालुकै शेर्पाहरू थिए । आकर्षक पर्यटकीय गन्तव्य भए पनि संखुवासभा पुग्ने पर्यटकहरूको संख्या भने उल्लेख्य रूपमा बढ्न सकेको छैन । संखुवासभा पर्यटन विकास केन्द्रकाअनुसार वार्षिक दुई हजार जति पर्यटकले संखुवासभामा पाइला राख्ने गरेका छन् । त्यसो त संखुवासभामा पर्यटन विकासको पूर्वाधारको पनि खासै विकास हुन सकेको छैन । करिब तीन वर्षअघि स्थापना भएको होटल संघ संखुवासभाले पर्यटक पदमार्गमा पर्ने स्थानहरूमा स्थानीयलाई होटल खोल्न प्रोत्साहित गर्दैछ। केही गाउँमा होमस्टेको पनि सुरु भएको छ । मकालु शेर्पा युथ क्लबका कामीछिरिङ शेर्पालगायत केही शेर्पा र पर्यटन व्यवसायमा रहेका अन्यले केही नयाँ रूटको पहिचान गरिरहेका छन् । मकालु जान-आउन अहिलेसम्म एउटा मात्र रूट छ । सोझै मकालु जाने र फर्किने । जसका कारण पनि मकालु पर्वतारोही र पर्यटकको रोजाईमा पर्न नसकेको सत्य मकालुका शेर्पा र संखुवासभाका पर्यटन व्यवसायीले राम्रैगरी बुझेका छन् । त्यसैले अहिले संखुवासभाको मकालु क्षेत्र शेर्पेनी कोल (६,१०० मिटर) बाट पाँच दिनमा सोलुखुम्बुको मेरा ला पुग्ने रूटको पहिचान गरिएको छ । जुन रूटमा जाँदा पाँच हजार मिटरभन्दा माथिको उचाइमा जानु नपर्ने बताइएको छ। र, यो रूट चल्तीमा आए पर्वतीय पर्यटन विकासमा नयाँ फड्‌को हुने रूट पहिचान गर्ने कामीछिरिङलगायतको विश्वास छ ।

अरूण उपत्यकाका हाक्पारे युवायुवतीका माया-परतीका मिलन बिछोडका संवेगमा निस्कने शब्द हुन्छन्, लोक गीतमा । मूलतः किसान र मजदू वर्गले स्थानीय स्तरका प्रविधिबाट उत्पादित वस्तुहरू ढिकी, जाँतो, टपरी दुना, डोको नाम्लो, घुम, घुमराडी, सोली- झोली, हलो-जुवा, हँसिया-खुर्पा, कुटो कोदालो जस्ता शब्द लोकगीत भित्र पन्किन्छन् ।

रा ल्फा भी. विलियम्सले भने-लोकगीत न त नयी हुन्छ न पुरानो (त्यो त जबलको एउटा रुखजस्तै हो, जस्का जराहरू भूतकालका गहिराइमा धस्सिएका छन् । तर जसमा निरन्तर नयाँ नयाँ हाँगा, पात र फलहरू हुन्छन् । हुनपनि लोक साहित्यको सर्वप्राचीन विधाको रुपमा उद्‌भाषित लोकगीत प्रचुर गुदी भएको, स्वादिलो, मधुरो र रसिलो फल हो- लोकसाहित्यरुपी पारिजातमा कुसुमित फूलको वरदान । आफ्नै भूखण्ड र आफ्नै जनसमूहलाई लिएर बनेको लहरा, पहरा र छहरासँग ठोक्किएर उलिने गीत नै लोक गीत हुन् । लोकगीतमा अनुष्ठानहरूको सम्पादन हुन्छ । आनन्दको अनुभव हुन्छ अनि हुन्छ समसामयिक जीवनको अभिव्यक्ति पनि ।

परम्परागता, मौलिकता, स्थानीयता समसामयिकता, रागात्मकता, लयात्मकता, स्वतः स्फूर्तता, प्रवाहमयता अनि जीवनका हार्दिकता जस्ता विशेषताहरू हुन्छन् । लोकगीतले भिन्न उमेर, भिन्न भाषा र भिन्न समुदायलाई पनि एकात्मकताको धागोमा सूत्रबद्ध गर्छ । भन्छन् नि- कविता भनेको दीदी हो, गीत भनेको बहिनी हो ।

लोकगीतको संरचना भित्र सन्देशमूलक कथ्य, कुनै पनि भाषाको सरलतम् रुप, तुक मिलेको चरन वा पद, रटिक, युवा वा छोपुवा भनिने पटकपटक दोहोरिने स्थायी वा अन्तरा, संवोधनको रुपमा आउने रहनी कचन वा बेगो, स्वर गठनको रुपमा व्यक्तिले शैलीको रुपमा लय वा भाका अनि झ्याउरे, दोहा, सवाइजस्ता निश्चित अक्षरका छन्द पनि अन्तर्निहित हुन्छन् । लोकगीत लोकजीवनको प्रतिबिम्ब भएको हुनाले कतिपय गीतहरू बिना बाजा पनि गाइन्छ कतिपय गीतसँगै बाजाको पनि आवश्यकता पर्दछ । लोकबाजाहरू पनि स्वरबाजा, र तालवाद्य गरी तीन प्रकारका हुन्छन् । मुरली, बाँसुरी, बिनायो, सनहाइजस्ता फुकेर बजाईने बाजालाई स्वरवाद्य, सारनीआर्वांजो, टुङ्ना, एकातारे जस्ता तार भएका बाजालाई तारवाद्य र मादल, सौंजेडु, यायो, डम्फु, हुड्‌का, दमाह, ट्याम्को, डोलकी, नगरा जस्ता छालाले मोरेर बजाईने बाजाहरू तालवाद्य हुन्। लोकबाजमा स्थनीय स्तरमा पाइने वनस्पति काठ, बौस, मालिङ्गो, पशुप्राणीका छाला धातु आदिलाई घरेलु प्रविधिबाट निर्माण गरिन्छ । लोकगीतमा शब्दहरू पनि स्थानीय भाषा, भाषिका व्यक्ति बोलीसम्मबाट आएका हुन्छन् । युवायुवतीका माया-प्रितिका मिलन बिछोडका संवेगमा निस्कने शब्द हुन्छन्, लोक गीतमा मूलतः किसान र मजदूर वर्गले स्थानीय स्तरका प्रविधिबाट उत्पादित वस्तुहरू ढिकी, जाँतो, टपरी चुना, डोको-नाम्लो, घुम, घुमराडी, सोली-झोली, हलो-जुवा, हैसिया-खुर्पा, कुटो कोदालो जस्ता शब्द लोकगीत भित्र पन्किन्छन् ।

नेपालका सभ्यताहरूको आदिम स्वर भने लोक गीतहरूमै गुज्जिन्छ । नेपालको पूर्वी पहाडको अरुण नदीले विशाल वैविध्यपूर्ण उपत्यकाको निर्माण गरेको छ। अरुण सेरोफेरो जति जैविक विविधता छ। उसरी नै भाषिक सांस्कृक्तिक विविधता छ । पूर्वी पहाडको हाक्पारे गीत र मास्नी नृत्य नेपाली भाषामा प्रचलित भएका भए पनि किराँत सभ्यताबाट उठेको ‘हाक्पारे’ गीत जो आज वनपाखामा मात्र सीमित भएर हराउँदै छन्, आज पूर्वी नेपालका तमाम भाषाभाषीको साभा-प्रिय गीत बनेर पनि प्रचार-प्रसारको अभावमा लोप हुँदैछ। अरुण उपत्यकाका हाक्पारे

ए. हन हुरे…. लौ दानाले

•⁠ ⁠ताराबहादुर बुढाथोकी (पाखीचासे कान्छो)

लगायो माया नानाले

(नाना फूपू/बैनी) किराँती भाषामा)

भन्दै डाँडाको खोलो रन्काएर गाइने यो गीत मूलत भोजपुरको उत्तरी पाटो र संखुवासभाको पूरैजसो भागमा लोक्यीय छ । यस गीतमा प्रायः तुक मिलेका थुप्रै गेडाहरू हुन्छन् र अन्त्यमा अनुप्रास मिलेको शब्दसँगै बाक्य पूरा हुन्छन् । घाँस दाउरा जाँदा, मेला-पात जाँदा, रातीको बजार जाँदा, अरुबेला पनि भेट्ने सुरक्षित स्थान र समय मिलाएर भेट्ने भाका (हालको अर्थमा डेटिङ) का बखत) प्राय युवायुवतीले गाउँछन् ।

युवायुवतीलाई हाक्पारे भाकामा ‘तरुनी तन्नेरी’ भन्छन्। आपसमा विहेवारी चल्ने युवायुवतीलाई यसो भने पनि ‘चेलि माइती के बीचमा पनि यो गीत गाइन्थ्योर गाइन्छ पनि। तर ‘धर्म फराक’ भन्दै चारहात जमीन बीचमा खालीराखेर एक अर्कालाई नछोई परपर बसेर गाउने चलन हुन्छ। नजिकैका सीमेभूमे, नागनगिनी, शिकारी-बुडेनी, देवी-देउराली साक्षी राखी गाइन्छ। यसरी प्रकृतिलाई साक्षी राख्ने विश्वास किराँतीहरूकै हो। तरुनी-तन्नेरी बीच गाउँदा तः भन् कौसको थालमा चामल राखेर, दियो बालेर तीतेपानीको लिङ्गो गाडेर, वरिपरी सुन्ने राखेर, सवाल, जवाफ गर्दै यो गीत गाइन्थ्यो। रक्सीको बोतल र खानेकुरा, राखेर सखाँदै तीन दिन तीनरात छर्लब पार्ने गरी गाइन्थ्यो। यस प्रकारको गीतैगीतबाट हुने सवाल जवाफ दुवै कानमा दुवै हातका बोरी औला राखेर (कान वेडी मारेर) गाइन्थ्यो। सवाल जवाफमा केटा हारे केटीको पर गोठालो बस्न जानुपर्ने र केटी हारे केटाको घर जानु पर्ने सर्त हुन्थ्यो। यसरी नै गीत गाएर बिहे गर्ने कैवन दम्पत्तीहरू अद्यापि गाउँमा छदैछन्। ठाडो भाकामा गाइने यो गीत दोहोरी हुन्छ। दिल्लामा लाग्ने बाला चतुर्दशी र रामनवमी मेला, अरुण नदी किनारकी मनकामना छेउ लाग्ने, एकादशी मेला, पामामा लाग्ने ढाँडेमेला, दिङ्गमा लाग्ने देउमा बजार, मत्स्य पोखरी मछेबजार, देवीटार मेला, फ्याक्सीन्दामा लाग्ने दोभान बजार, चैनपुर क्षेत्रमा लाग्ने सिद्धकाली मेला, हटियामा लाग्ने बरुण मेला हाक्पारे गीतका प्रमुख प्रस्तुति क्षेत्र हुन् । मायाको कुरा, घरायसी व्यवाहार, पारिवारिक स्थिति, आर्थिक सामाजिक हैसियत, भावी योजना जम्मै कुराहरू हाक्पारे गीतको दोहोरीमा सोध्ने र बताउने क्रम चल्छ । मनोरञ्जनका लागि चेली माइती गाउँदा भने ख्याल-ठट्टा दुःखका बात मारिन्छ गीतमा । गीतमै हास्नु, रुनु, रमाउनु र निर्णय गर्नु हाक्पारे गीतको विशेषता हो । केटीका माइती पक्ष रुष्ट भए केटाकेटी एकान्तमा जान्थे ।

एउटा ७० वर्ष पुराने जमानामा गाइएको हाक्पारे गीतको सानो अंश प्रस्तुत गरौं ।

ए हन हुर्रे, लौ को मान्छे झर्यो तीर बोकी ?

सियो वि भन्दा दियो बी ठूलो, दियो वि भन्दा माना वी ठूलो, माना वी भन्दा पाथी वी ठूलो, पाथी वी भन्दा थुन्से वी ठूलो,… यसपछि अर्कापट्टीबाट बीचबीचमा ‘ए होलान्त……… हजुर हौ ज्यू झस्सै भन्नुहोस् है….!!’ भनेर कि उत्तर दिने, कि बाँकी सवाल भए

Travel Guides

Khandbari municipality is a municipality located in the Sankhuwasabha District of Province No. 1 in eastern Nepal. It is the administrative center of the Sankhuwasabha District and is situated at an elevation of 1,045 meters above sea level. Khandbari is located approximately 600 kilometers east of Kathmandu, the capital city of Nepal.

Find more on our Guide Book
Bhaktapur guide book

Location Map

खाँदबारीमा मनाइने चाडपर्व सुची

खाँदबारी नगरपालिकामा मनाइने राम्रा चाडपर्वहरु सूचीकरण ।