चैनपुरबाट सिद्धकाली जाने बाटोमा पर्ने एउटा रमाइलो डाँडो छ र यहाँबाट उत्तर र दक्षिणतर्फको धेरै फराकिलो दृश्यावली अवलोकन गर्न सकिन्छ । यसै डाँडोमा एउटा भ्यागुतो आकार भएको भ्यागुतेढुङ्गो छ। मिथक अनुसार हिउँखोलामा एउटा भ्यागुतो बस्थ्यो। उसले मादीमा एउटी साहै राम्री चिटिक्क परेकी सुन्दरी भ्यागुती बस्छे भन्ने सुन्यो । उसलाई त्यो भ्यागुतीसँग घरजम गर्ने औधी रहर पलाएकोले आफ्नो इच्छा जाहेर गर्दै खबर पठायो । जवाफमा भ्यागुतीले खबर पठाई हुन्छ, म पनि तिमीसँग घरजम गर्न तयारै छु तर मेरा बाबुआमाले एउटा शर्त राखेका छन् त्यो के भने मलाई माग्न आउने केटाले घाम अस्ताए पछि आफ्नो बासस्थानबाट हिंडेर भोलिपल्ट विहान भाले बास्नु अगाडि नै म भएठाउँमा आइपुग्नु पर्छ केही गरी आइपुग्न सकेन भने भाले बास्दा जहाँ पुग्छ त्यही ठाउँमा ढुङ्गो भएर बस्नु पर्छ । तिमीमा त्यो हिम्मत छ भने मलाई माग्न आउन सक्छौ। भ्यागुतीको सुन्दरतामा मोहित भएको भ्यागुतोले अरु केही कुरा विचारै नगरी मादी जान भनेर घाम अस्ताउनासाथ हिउँ खोलाबाट प्रस्थान भयो। कतै फुत्रुक फुत्रुक उफ्रदै कतै हर घिस्याउँदै उकालोमा असीन र पसीन हुँदै स्याँ स्याँ र फ्याँफ्याँ गर्दै भ्यागुतो जेनतेन डाँगी गाउँको डाँडासम्म त आइपुग्यो तर त्यतिवेलै कुखुरी काँ गरेर भाले बासी हाल्यो। फलस्वरुप ऊ त्यही ठाउँमा ढुङ्गामा परिणत भयो र अहिलेसम्म पनि मादी तर्फ ताकेर डाँडामा बसिरहेको छ, बसिरहेको छ ।
भ्यागुतेढुंगो
भ्यागुतेढुंगो चैनपुरबाट सिद्धकाली जाने बाटोमा पर्ने एउटा रमाइलो डाँडो हो ।

Travel Guides
Khandbari municipality is a municipality located in the Sankhuwasabha District of Province No. 1 in eastern Nepal. It is the administrative center of the Sankhuwasabha District and is situated at an elevation of 1,045 meters above sea level. Khandbari is located approximately 600 kilometers east of Kathmandu, the capital city of Nepal.
Find more on our Guide Book
Location Map
खाँदबारीमा मनाइने चाडपर्व सुची
खाँदबारी नगरपालिकामा मनाइने राम्रा चाडपर्वहरु सूचीकरण ।