धनपोखरी

 मादी नगरपालिका अन्तरगत पूर्वी भेगमा धनपोखरी नाम गरेको एउटा ताल छ। हेदी सानो सानो भए पनि तालको आफ्नै विशेषता छ । त्यसको पानीको सतह जतिबेला पनि चलायमान भैरहेको हुन्छ र भाँडोमा उम्लिदै गरेको जस्तो देखिन्छ। सो पोखरीसम्बन्धी मिथक अनुसार पोखरीभित्र फेदमा अथाह धनसम्पत्ति रहेको छ र त्यो सम्पत्तिलाई अष्टमुखी नागले बेरेर रक्षा गरिरहेको छ। प्राचीन समयमा नेपालमा तिब्बततिरबाट नून ल्याइन्थ्यो र नून लिन जानेहरू सोही बाटो भएर जाने गर्दथे । रात पर्दाखेरि बटुवाहरूले सो तालको वरिपरि अज्ञात शक्तिबाट शानदार वास पाउने गर्दथे । अनि परदेशीहरूलाई भोक लागेपछि तालमा आफसेआफ पाकेको वाफिलो भातको भाँडो देखा पर्दथ्यो । परदेशीहरुले भात खाएपछि सो भाँडो माझेर सफा गरी पोखरीमा नै हाली दिन्थे भाँडो गायव हुन्थ्यो । तर एक दिन कुनै एकजना बदमास बटुवाले भात खाएपछि जुठै भाँडो पोखरीमा हालिदिएछ । यसबाट धनपोखरीकी देवी धनगंगा ज्यादै क्रुद्ध भइछन् र उनी आक्रोशित भएर उफ्रँदाखेरी दक्षिणपट्टिको पोखरीको भाग भत्किएर भयंकर बाढी आई तलतिर भएका कैयौं गोठ तथा घरहरू विनाश भई ठूलो धनजनको क्षति भयो। अनि पोखरीमा परदेशीका लागि आफसेआफ तातो भात उपलब्ध हुने क्रिया पनि सदाका लागि बन्द भयो । स्थानीय मानिसहरूले धनगंगालाई विन्ति भाउ गरेर क्षमायाचना गर्दै दक्षिणी भागमा पर्खाल लगाएर जेनतेन पानी नियन्त्रण गरेछन् । सो पखील अहिले पनि छँदैछ। उँधौली उँभौली लगायत खास खास तिथिपर्वहरूमा अहिले पनि मध्यरातमा पोखरी भित्र धनगंगाका पार्षदहरूले पन्चेबाजा बजाएको आवाज बाहिरबाट सुनिने गर्दछ अरे ।

Travel Guides

Khandbari municipality is a municipality located in the Sankhuwasabha District of Province No. 1 in eastern Nepal. It is the administrative center of the Sankhuwasabha District and is situated at an elevation of 1,045 meters above sea level. Khandbari is located approximately 600 kilometers east of Kathmandu, the capital city of Nepal.

Find more on our Guide Book
Bhaktapur guide book

Location Map

खाँदबारीमा मनाइने चाडपर्व सुची

खाँदबारी नगरपालिकामा मनाइने राम्रा चाडपर्वहरु सूचीकरण ।